नेदरल्यान्ड र नर्वे शीर्षस्थानमा
ग्लोबल टिभि
0
माघ २२
बेइजिङ ओलम्पिकको पहिलो स्वर्ण नर्वेले जितेको छ ।
महिलातर्फ ७ दशमलव ५ किमी क्रसकन्ट्री स्किइङमा थेरिज जोहगले नर्वेलाई स्वर्ण दिलाएकी हुन् । उनले ४४ मिनेट १३ सेकेन्डमा उक्त दौड पुरा गरेकी हुन् । रुसकी नातालिया नेप्रेभाले प्रतिस्पर्धामा रजत पदक जितिन् भने अष्ट्रियाकी तेरेसा स्टाडलोभरले काँस्य पदक जितिन् ।
३ हजार मिटरको स्पिड स्केटिङ प्रतिस्पर्धातर्फ स्कोटिन एरिनले नेदरल्यान्डलाई पनि स्वर्ण जिताउन । नेदरल्यान्ड र नर्वे एक एक स्वर्णसहित पदक तालिकाको शीर्षस्थानमा छन् । पदक तालिकाको तेस्रो स्थानमा रुस र इटाली छन् ।
दुबैले दुई रजत पाएका छन् भने पाँचौं स्थानमा अष्ट्रिया क्यानडा छन् । दुबैले दुई समान काँस्य पदक प्राप्त गरेका छन् ।
Post Views: 1,051
Leave a Reply