पुटिनले नाटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार दिएर स्थिति थप भड्काइरहेको आरोप

 ग्लोबल टिभि           0

माघ २६
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार दिएर स्थिति थप भड्काइरहेको आरोप लगाएका छन् ।

राष्ट्रपति पुटिनले नाटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक हतियारहरू उपलब्ध गराउँदै युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण वित्तीय स्रोत विनियोजन गरेको दावी समेत गरे ।

युक्रेनले नाटोको सदस्यता लिने तयारी गरेपछि रुष्ट बनेको रुसले युक्रेनी सीमामा बख्तरबन्द गाडी, तोप तथा अन्य हतियारसहित एक लाख सैनिक तैनाथ गरेको छ । तर युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको उसको दाबी छ ।

युक्रेनलाई नाटोको सदस्यता दिन नहुने र पूर्वी क्षेत्रमा नाटोको थप बिस्तार रोकिनुपर्ने रुसको माग छ । तर अमेरिकालगायत राष्ट्रहरूले रुसी मागको बेवास्ता गर्दै आएका छन् ।

रुसी राष्ट्रपति पुटिनले पश्चिमा देशले आफ्नो सुरक्षा चासोलाई बेवास्ता गरेको दाबी गर्दै युक्रेनलाई नाटोमा सामेल गरिए युद्धको अवस्था आउने चेतावनी दिँदै आएका छन् . ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *