ग्लोवल टि.भी.
आइतवार, माघ ४, २०७७
0
अफगानिस्तानका दुई महिला न्यायाधीशको गोली हानी हत्या भएको छ।
आइतबार बिहान काबुलमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको एम्बुसमा गोली हानी हत्या गरेको द गार्डियनले जनाएको छ।
गाडीमा बसेर कार्यालय जाँदै गर्दा उनीहरूमाथि बन्दुकधारीले गोली हानी हत्या गरेको अदालतका प्रवक्ता अहमद फहिम क्वाविमले जानकारी गराएका हुन्।
प्रवक्ता क्वाविमका अनुसार उनीहरू राज्यको अदालतका लागि काम गर्ने दुई सय मध्येका न्यायाधीशहरू थिए।
काबुल प्रहरीले पनि आक्रमणको पुष्टि गरेको छ।
उनीहरू सर्वोच्च अदालतका लागि काम गर्ने न्यायाधीश थिए,’ महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता जमशिद रसुलीले भने।
स्थानीय समाचार पत्र टोलो न्युजका अनुसार मोटरसाइकलमा आएका दुई जनाले गोली चलाएका थिए।
Post Views: 526
Leave a Reply