जो बाइडेनले लिए अमेरिकी राष्ट्रपतिको शपथ

 ग्लोबल टिभि      बिहिबार, माघ ८, २०७७      0

डेमोक्रेट नेता जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ लिएका छन् । राजधानी वासिंगटन डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन्।

कडा सुरक्षाबीच सम्पन्न शपथ समारोह, बाइडनसँग पराजित निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बहिष्कार गरेका थिए ।

ट्रम्प कार्यक्रममा सहभागी नभए पनि उपराष्ट्रपति माइक पेन्स भने सहभागी थिए। ट्रम्पलाई भने शपथ समारोह हुनु केही घण्टा पहिले बिदाई गरिएको थियो ।

यसैगरी, कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथ लिएकी छिन्। ह्यारिसले उपराष्ट्रपति बन्ने पहिलो महिला एवं पहिलो अश्वेत महिला बनेर इतिहास रचेकी छिन्।
गत नोभेम्बर ३ मा सम्पन्न निकै विवादित निर्वाचनमा ऐतिहासिक मतका साथ बाइडेनले बहालवाला राष्ट्रपति ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका थिए ।

३६ वर्षसम्म डेलावरबाट सिनेटर रहेएका बाइडनले बाराक ओबामा प्रशासनमा ८ वर्ष उपराष्ट्रपति बनेका थिए।

सबै अमेरिकीको राष्ट्रपति बन्ने र सबैका लागि काम गर्ने तथा विभाजित देशलाई एकतावद्ध गर्ने बताउँदै आउनु भएका बाइडन तेस्रो प्रयासमा राष्ट्रपति बन्न सफल भएका हुन्।

बाइडेन सामु कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने, शिथिल बनेको अर्थतन्त्र उकास्ने, विश्वबाट अलग थलग भएको अमेरिकालाई फेरि विश्वको नेतृत्वमा स्थापित गर्ने जस्ता चुनौती रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *