युक्रेनमा फक्स न्युजका दुई पत्रकार मारिए

 ग्लोबल टिभि      बुधबार, चैत्र २, २०७८      0

चैत्र २
रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजका दुई पत्रकार मारिएका छन् ।

राजधानी किभको बाहिरी क्षेत्रमा रहेको होरेन्का क्षेत्रमा फक्स न्युजका ५५ वर्षीय क्यामेरापर्सन आइरिश नागरिक पिएर जाक्रजेव्स्की र २४ वर्षे युक्रेनी ओलेक्सान्द्रा कुभ्सिनोभा मारिएको फक्स न्युजले जनाएको छ ।

फक्स न्युजले पत्रकारको मृत्युप्रति दुःख व्यक्त गरेको छ । च्यानलकी प्रमुख कार्यकारी सुजन स्कटले आफ्नो संस्थाका लागि यो ‘हृदयविदारक दिन’ भएको जनाएकी छिन् ।

उनका अनुसार पिएर अफगानिस्तान, सिरिया इराकजस्ता द्वन्द्वग्रस्त स्थानमा गई समाचार संकलन गर्दै आएका थिए भने कुभ्सिनोभा केही महिनाअघिमात्रै फक्स न्युजमा काम थालेकी थिइन् ।

यसअघि उनीहरूसँगै काम गर्ने ३९ वर्षे बेलायती पत्रकार बेन्जामिन हल घाइते भएको समाचार सार्वजनिक भएको थियो । उनको अवस्था गम्भीर रहेको जनाइएपनि यसबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

गत आइतबारमात्रै न्युयोर्क टाइम्सका पत्रकार ब्रेन्ट रेनडलाई किभ बाहिरको इरपिन शहरमा गोली हानी हत्या गरिएको थियो । युक्रेनी संसद्को मानवअधिकार समितिकी प्रमुख लुदमिला डेनिसोभाले युक्रेनमा कम्तीमा अरु दुई पत्रकार मारिएको जनाएकी छिन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *