लागुऔषध समूहका नाइके नेदरल्यान्ड्समा पक्राउ

 ग्लोबल टिभि           0

विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके सो ची लप नेदरल्यान्ड्समा पक्राउ परेका छन् । अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउ पूर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

चीनमा जन्मिएका क्यानेडाली नागरिक लप ’द कम्पनी’ का प्रमुख भएको मानिएको छ । विश्वमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक उनललाई एम्स्टर्डमस्थित स्किपोल विमानस्थलबाट पक्राउ गरिएको हो ।

यसअघि लागुऔषध ओसारपसारको आरोपमा सन् १९९० मा अमेरिकामा पक्राउ परेपछि उनले नौ वर्ष जेलमा बिताएका थिए । अस्ट्रेलियाले आफ्नो देशमा मुद्दा चलाउन उनको सुपूर्दगीको प्रयास गरिरहेको बताइएको छ ।

एक दशक अघिदेखि प्रहरीको निगरानीमा रहेका लप शुक्रवार क्यानडा जान लागेको बेलामा पक्राउ परेका हुन । उनको पक्राउका लागि अस्ट्रेलियाको संघीय प्रहरी (एएफपी) को नेतृत्वमा विश्वका करिब २० वटा निकायले सहकार्य गरेका थिए ।

अष्ट्रेलियामा भित्रिने कूल लागु औषधमध्ये करिब ७० प्रतिशत सम्म गोर सिन्डिकेट पनि भनेर चिनिने द कम्पनीबाट आउने एएफपीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *