सर्वोच्चको फैसला स्वीकार्छु तर विपक्षीको सरकारलाई मान्यता दिन्न : प्रधानमन्त्री खान

 ग्लोबल टिभि      शनिबार, चैत्र २६, २०७८      0

चैत्र २६-पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको बीबीसीले जनाएको छ। अमेरिकाले आफूलाई हटाउन खोजेको उनको आरोप छ । यद्यपि वासिन्टनले भने अस्वीकार गरेको छ।

प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् । यसअघि शुक्रबार सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई बदर गरिदिएको थियो ।

सर्वोच्चले संसद पुनर्स्थापना गर्दै संसदमा प्रधानमन्त्रीविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा मतदान पक्रिया अगाडि बढाउनसमेत आदेश दिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *