भारतमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु

 ग्लोबल टिभि      शनिबार, माघ १७, २०७७      0

भारतको उत्तर प्रदेशस्थित मोरादाबाद-आग्रा राजमार्गमा बस र ट्रक ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

शनिबार बिहानको भएको दुर्घटना बाक्लो कुहिरोका कारण भएको हुनसक्ने बताइएको छ । यसअघि पनि भारतका विभिन्न सहरमा जाडो मौसममा बाक्लो कुहिरोले सडक नदेखिनाले ठूला दुर्घटना भएका थिए।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै मृत्यु भएकाको परिवारलाई २ लाख र घाइतेहरुलाई ५० हजारका दरले आर्थिक राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

घटनास्थलमा प्रहरी पुगेर घाइतेहरुको उद्धार गरिसकेको छ । घाइतेहरुको नजिकका अस्पतालमा उपचार भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजे मानपुर गाउँ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दर्जन भन्दा बढी घाइते छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *