ग्लोबल टिभि
मङ्लबार, कार्तिक ११, २०७७
0
किस्तानको एक धार्मिक विद्यालय अर्थात् मदरसामा बम विस्फोट हुँदा कम्तिमा ७ जनाको ज्यान गएको छ ।बीबीसीले जनाएअनुसार पेसावरको उत्तरी शहरमा भएकाे उक्त बम विस्फाेटमा परेर ७० भन्दा धेरै मानिस घाइते भएका छन् । हमलामा बालबालिका पनि परेकाे जनाइएकाे छ ।
स्थानीय समय ८ बजेर ३० मिनेटमा विस्फाेट भएकाे प्रहरीले जनाएकाे छ । अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन ।
टाइम बम विष्फोट गराइएको प्रहरीलाई उधृत गर्दै अन्तर्राष्टिय संचार माध्यमले जनाएका छन् । यसअघि पनि छ बर्ष पहिला पेशावरमै भएको विष्फोटमा १५० भन्दा बढी बालबालिकाले ज्यान गुमाएका थिए ।
Post Views: 1,712
Leave a Reply