आईपीएल आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै

 ग्लोबल टिभि      बिहिबार, बैशाख २२, २०७९      0

वैशाख २२–इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

खेल बेलुका पौने आठ बजे मुम्बईमा हुनेछ । हैदराबादले ९ खेलमा ५ मा जित निकालेको छ । हैदराबाद १० अङ्ककासाथ अङ्क तालिकाको पाँचौँ स्थानमा छ । त्यस्तै दिल्लीले समान खेलमा ४ मा जितसहित ८ अङ्क जोडेको छ । दिल्ली अङ्क तालिकाको सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर चेन्नई सुपर किङ्ग्सलाई १३ रनले हराउँदै चौथो स्थानमा उक्लिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *