
वैशख २९-युक्रेनमा जर्मनी र पोल्यान्डले जैविक हतियार परीक्षण गरेको प्रमाण पाइएको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
सन् २०१६ देखि २०१९ सम्म युक्रेनका २५ वटा क्षेत्रमा जर्मनीको बुन्डेसवेहर माइक्रोबायोलोजी इन्स्टिच्युटका सरुवा रोग विशेषज्ञहरूले ३५ सयभन्दा बढी रगतको सिरम नमूना संकलन गरेको प्रमाण सहितका नयाँ दस्तावेज भेटिएका छन् । युक्रेनका प्रयोगशालामा सैन्य प्रकृतिको जैविक अनुसन्धान गरिएको यसबाट पुष्टि हुन्छ ।
ती दस्तावेजहरूमा पोल्यान्डको पोलिश इन्स्टिच्युट अफ भेटरिनरी मेडिसिनको पनि सहभागिता देखिएको छ । युक्रेनमा रेबिजको भाइरस संक्रमण तथा जोखिमलाई त्यसले मूल्यांकन गरेको छ ।
अमेरिकामा रहेको बाटेल इन्स्टिच्युटले उक्त अनुसन्धान गरेको हो । उक्त इन्स्टिच्युट अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रमुख ठेकेदार हो ।
पोल्यान्डले लभिभ मेडिकल विश्वविद्यालयमा पनि लगानी गरेको छ । त्यहाँ अमेरिकी सेनाले विभिन्न सैन्य जीववैज्ञानिक परियोजना चलाएको प्रमाण फेला परेको छ ।

Leave a Reply