‘शिन्जियाङमा विगर मुसलमानमाथि मानवताविरुद्धको अपराध’

 ग्लोबल टिभि           0

जेठ १३-चीनको उत्तर–पश्चिमी राज्य शिन्जियाङमा त्यहाँको सरकारले विगर तथा अन्य ईस्लामी समुदायमाथि नरसंहारजस्ता मानवता विरुद्धका अपराध गरिरहेको खुलासा भएको छ।

मानव अधिकारकर्मीहरुका अनुसार राज्यले १० लाखभन्दा बढी विगरहरुलाई इच्छा विपरीत ‘पुनः शिक्षा क्याम्प’मा राखेको अनि सयौंलाई जेल सजायसमेत तोकेको छ।

यस्ता शिविरहरुमा सशस्त्र सैनिकहरुको प्रयोग गरिने बीबीसीलाई सन् २०२२ मा प्राप्त भएका प्रहरीका दस्तावेजहरुमा उल्लेख छ। साथै, शिविरबाट भाग्ने प्रयास गर्नेलाई गोली हानेर हत्या गर्ने अधिकारसमेत सैनिकहरुलाई दिइएको छ।

विभिन्न संघसंस्थाहरुबाट मानवता विरुद्धको अपराध भइरहेको दाबी भइरहे पनि चिनियाँ सरकारले सबै आरोपलाई अस्वीकार गर्दै आएको छ। सरकारका अनुसार शिन्जियाङमा आएको ‘शान्ति र समृद्धि’ नै ‘सबै झुटहरु’को उत्तम प्रतिकृया हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *