भारतको उत्तराखण्डमा हिमनदी फुट्दा १५० भन्दा बढी बेपत्ता

 ग्लोबल टिभि      आइतवार, माघ २५, २०७७      0
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

भारतको उत्तराखण्डको हिमनदी फुटेसंगै धौलीगंगा नदीमा आएको बाढीले १५० भन्दा बढी बेपत्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

गृहमन्त्री अमित शाहले प्रभावितस्थल चमोली जिल्लामा उद्दार र राहतका लागि हवाइ एवं स्थल सेनालाई पठाउन लागिएको जनाएका छन् । धौलीगंगासहित जोसीमाथ नदीमा उर्लेको बाढीले कैंयन घर बगाएको खबर छ । बेपत्ता हुनेहरुमा ऋषिगंगा विद्युत परियोजनामा कार्यरत कामदार छन् ।

हिमताल फुटेपछि अर्को मुख्य नदी ऋषिगंगामा समेत आएको बाढीले कैंयन पुल समेत बगाएको छ । ऋषिगंगा तटीय आसपासका इलाकालाई खाली गर्न र सुरक्षित रहन भनिएको छ । चमोलीदेखि हरिद्धारसम्मको बस्तीलाई उच्च सतर्कतामा राखिको छ ।

आसाम पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उद्दार र राहतमा जुट्न प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *