पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको सुनुवाई जारी राख्ने पक्षमा बहुमत अमेरिकी सिनेटको मत

 ग्लोबल टिभि           0

काठमाडौँ । अमेरिकी सिनेटका बहुमत सदस्यले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइको महाभियोगको सुनुवाइ जारी राख्नु पक्षमा मतदान गरेका छन् ।

सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए।

योसँगै निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगको सुनुवाइले निरन्तरता पाउने भएको छ ।

सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छजना रिपब्लिकनले पनि मतदान गरेको बीबीसीले जनाएको छ । गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।

अमेरिकी संसदमा भएको आक्रमणका लागि समर्थकहरूलाई ‘उक्साएको’ भन्दै उनीमाथि महाभियोग लगाइएको हो ।

उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *