युक्रेनको क्रेमेन्चुक सहरको सपिङ मलमा रुसी मिसाइल आक्रमण

कम्तिमा १६ को मृत्यु , दर्जनौ घाइते

 ग्लोवल टि.भी.      मङ्लबार, असार १४, २०७९      0

असार १४-युक्रेनको क्रेमेन्चुक सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् । मिसाइल प्रहारका कारण शपिङ मलमा भीषण आगलागी समेत भएको छ । मिसाइल आक्रमण गरिंदा उक्त शपिङ मलभित्र १ हजार सर्वसाधारण रहेको बुझिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीेले घटनाको पुष्टि गर्दै रुसतर्फबाट दर्दनाक आक्रमण भएको प्रतिक्रिया दिएकाछन् । जर्मनीमा जी–सेभेन देशहरुबीच रुस युक्रेन युद्धका विषयमा छलफल चलिरहेका बेला भएको यो आक्रमणलाई जि सेभेनले युद्ध अपराधको संज्ञा दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.