अमेरिकी संसद भवन मा भएको आक्रमणमा ट्रम्पको संलग्नता नभएको कानून व्यवसायीको दाबी

 ग्लोबल टिभि           0

एजेन्सी । अमेरिकी संसद भवनमा भएको हिंसात्मक आक्रमणमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै संलग्नता नभएको उनका कानून व्यवसायीले दाबी गरेका छन् ।

अमेरिकी संसद भवनमा गत जनवरी ६ मा हिंसात्मक आक्रमण गर्न ‘उक्साए’को आरोपमा महाअभियोग सामना गरिरहेका ट्रम्पको बचाउ गर्दै उनका कानून व्यवसायीले सो घटनामा ट्रम्प निर्दोष रहेको बताएका हुन् ।कानून व्यवसायीले आक्रमणमा ट्रम्पको संलग्नता खोजिनु गम्भीर झुठ भएको बताएका छन् ।

वकिल भाइक्ष्कल भान डेर वीनले ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाइ राजनीतिक रुपमा प्रेरित भएको बताए ।

ट्रम्पको डिफेन्स टिमले सिनेटमा सुनुवाईको क्रममा पाएको १६ घण्टाको समयमध्ये चार घण्टाभन्दा कम मात्रै प्रयोग गरेका छन् ।

वकिलहरुको डिफेन्स बहसअघि हाउस इमपिचमेन्ट म्यानेजरर्सले प्रमाणसहित दुई दिनसम्म आफ्नो केस प्रस्तुत गरेका थिए ।

अमेरिकी संसदमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *