ग्लोबल टिभि
0
जापानमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भुकम्प गएको छ । स्थानीय समय अनुसार शनिवार राति ११ बजेर ८ मिनेटमा फुकुशिमाको नामी शहर केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण ५० जना घाइते भएका छन् ।
तर फुकुशिमा आणविक केन्द्रमा भने कुनै क्षति नभएको अधिकारीहरुले जनाएका छन् । दर्जनौ घरहरुमा क्षति पुगेको छ । राजधानी टोकियोलगाएत शहरहरुका विद्युत आपूर्ति प्रभावित भएको छ ।
Post Views: 1,753
Leave a Reply