औषधि उत्पादक कम्पनी फाइजरको प्रविधि चोर्न खोजेको उत्तर कोरिया माथि आरोप

 ग्लोवल टि.भी.      बिहिबार, फाल्गुन ६, २०७७      0

एजेन्सी । दक्षिण कोरियाले अमेरिकी औषधि उत्पादक फाइजरले तयार पारेको कोरोना भाइरस विरुद्ध खोप विकास गर्ने प्रविधि उत्तर कोरियाले चोर्ने प्रयास गरेको दाबी गरेको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरिया माथि गंभीर आरोप लगाए पनि फाइजर कम्पनीबाट डाटा चोरी भएको या नभएकोबारे अझै पुष्टि नभएको बीबीसीले जनाएको छ । बीबीसीले फाइजरसँग विवरण मागेको जनाएको छ ।

उत्तर कोरियाले हालसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छैन । यद्यपि उत्तर कोरियाले अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको खोपको २० लाख डोज लिँदैछ ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि उत्तर कोरियाले आफ्ना सबै नाका बन्द गरेको थियो भने नाकामा थप कडाइ गरेको थियो ।

माइक्रोसफ्टले फाइजरसहित अन्य नौवटा संस्थामाथि रुसी र उत्तर कोरियाली ह्याकरहरुले ह्याक गर्ने प्रयास गरेको बताएको थियो । ती ह्याकरलाई राज्यले समेत समर्थन गरेको जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *