प्रधानमन्त्री बोरिस जोन्सनले इङ्गल्यान्डमा एनएचएसका लागि ‘मेडिकल र नैतिक विपत्’ रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेका छन्।
उनले क्रिसमस ‘निकै फरक’ हुनसक्ने तर अहिले उठाइएको कदमका कारण उक्त चाडका अवसरमा परिवारहरूका सदस्यहरूबीच भेट हुन सक्ने आशा प्रकट गरे।
पबहरू, रेष्टुरेन्ट, जीम र अति आवश्यक सेवामा नपर्ने पसल सबै चार हप्ताका लागि बन्द गरिने उनले बताए।
तर यस अघिको लकडाउनमा बन्द गरिएका स्कूल, कलेज र विश्वविद्यालय यस पटक खुला रहन सक्नेछन्।
प्रधानमन्त्री जोन्सनले भने, “यो वर्षको क्रिसमस असाध्यै फरक हुनेछ। तर अहिलेको कडा कदमपछि क्रिसमसका बेला परिवारका सदस्यहरूले भेटघाट गर्न सक्ने स्थिति आउन सक्छ।”
प्रधानमन्त्रीले डाउनिङ स्ट्रीटमा प्रेस सम्मेलनमा लकडाउनले व्यवसायमा पर्ने असरका लागि ‘साँच्चिकै दुखी’ भएको भन्दै कामदारहरूलाई सरकारले काम नगरेपनि ८० प्रतिशत तलब दिने फरलो प्रणाली नोभेम्बरसम्म जारी हुने बताए।
Leave a Reply