खेरसन पुनः फिर्ता गर्न युक्रेनले थाल्यो आक्रामक कदम

 ग्लोबल टिभि      बिहिबार, साउन १२, २०७९      0

साउन १२-रुसले कब्जा गरेको खेरसन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले तीब्रता पाएको​ पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् । युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन सहरको एउटा प्रमुख पुल अहिले काम नलाग्ने भएको छ ।

यसको मतलब हजारौं रुसी सेनाहरू अब कब्जा गरिएको क्षेत्रको बाँकी भागबाट अलग हुने जोखिममा छन् । रणनीतिक रूपमा डिनिप्रो नदीको पश्चिममा अवस्थित यो शहर युद्धमा पहिलो पटक मस्कोको सेनाले कब्जा गरेको थियो ।

युक्रेनी सेनाले मंगलबार हिमर्स आर्टिलरी रकेट प्रणाली प्रयोग गरेर खेरसनको एन्टोनिभस्की पुलमा गोली हानेका छन् । अब रुसी सेना उक्त पुल पार गर्न नसक्ने अवस्थामा रहेको बताइएको छ । आधा माइल लामो पुलको केवल छरिएका भग्नावशेष मात्र बाँकी छ ।

मस्कोले अब अधिकतम संख्यामा खेरसन दिशामा सेना सार्दै गरेको युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *