यो खोप स्वीकृत गर्ने अमेरिका पहिलो मुलुक
ग्लोबल टिभि
0
कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप प्रयोगलाई अमेरिकाले अनुमति दिएको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको हो ।
एक डोज मात्रै लगाए पुग्ने यो खोप स्वीकृत गर्ने अमेरिका पहिलो मुलुक हो । यसअघि अमेरिकाले फाइजर र मोर्डेनाको खोपलाई स्वीकृत गरेर प्रयोग गरिरहेको छ । यो खोप फ्रिजरमा नभएर रेफ्रिजिरेटरमा भण्डारण गर्न मिल्ने सहज किसिमको रहेको छ ।
Post Views: 1,330
Leave a Reply