ग्लोबल टिभि
सोमवार, अशोज ३, २०७९
0
असोज ३ –इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ ।
आइतबार राति भएको खेलमा इन्टरलाई उडीनेजेले ३–१ गोल अन्तरले हराएको हो ।
उडीनेजेको मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा इन्टरले हार व्यहोरेको हो ।
उडीनेजेलाई जित दिलाउन जाका बिजोल र टोल्गे अर्स्लानले एक एक गोल गरे ।
इन्टरका मिलान स्क्रिनियरले आत्मघाती गोल गरे ।
यस्तै निकोलो बरेलाले एक गोल फर्काए ।
जितसँगै उडीनेजेले ७ खेलमा १६ अंक जोडेको छ ।
उडीनेजे दोस्रो स्थानमा उक्लिएको छ ।
इन्टर १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
Post Views: 388
Leave a Reply