टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ को मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन २१, २०७७      0

टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जना सेनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये सेनाका उच्च अधिकारीसमेत रहेको बताइएको छ ।

बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सेनाको नियमित गस्तीका बिंगोल प्रान्ततर्फ उडेको हेलिकोप्टर दुर्घटना भएको हो ।

दुर्घटनाको कारण भने खुलिसकेको छैन । सन् २०१७ मा पनि सिरिया र इराकसँगको टर्कीको सीमा क्षेत्र नजिकै दक्षिण पूर्वी सिरनाक प्रान्तमा हेलिकोप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *