कोभिड संक्रमण हुदा ‘नुएर र गोर्टेज्का’ले हंगेरी र इंग्ल्यान्डविरुद्धको खेल गुमाउदै

 ग्लोवल टि.भी.      बिहिबार, अशोज ६, २०७९      0

असोज ६ –कोभिड –१९ को संक्रमण देखिएपछि नुएर र गोर्टेज्काले नेसन्स लिग अन्तर्गतको दुई खेल गुमाउने भएका हुन् ।

जर्मनीले नेसन्स लिग अन्तर्गत शुक्रबार हंगेरी र सोमबार इंग्ल्यान्डविरुद्ध खेल्दैछ ।

तर, ३६ वर्षीय नुएर र २७ वर्षीय गोर्टेज्काले दुबै खेल गुमाउने छन् । बुधबार गरिएको परिक्षणमा दुबैलाई कोभिड–१९ को संक्रमण देखिएको हो ।

दुबैले जर्मनीको प्रशिक्षण क्याम्प छाडेका छन् । दुबै खेलाडी सेल्फ आईसोलेसनमा बसेका छन् ।

गोर्टेज्काको विकल्पमा कुनैपनि खेलाडी डाकिएको छैन ।

जर्मनीको नुएरको स्थानमा होफेनहाइमका ओलिभर बाउम्यानलाई टिममा बोलाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.