युक्रेनमाथि स्कटल्याण्डको जित

 ग्लोवल टि.भी.      बिहिबार, अशोज ६, २०७९      0

असोज ६ –यूईएफए नेसन्स लिग फुटबलमा स्कटल्याण्डले युक्रेनलाई हराएको छ ।

बुधबार राति भएको खेलमा स्कटल्याण्डले युक्रेनलाई ३–० गोल अन्तरले हराएको हो । स्कटल्याण्डको जितमा लिन्डन डाइक्सले दुई गोल गरे । जोन म्याकगिनले एक गोल गरे ।

खेलको ७० औं मिनेटमा कप्तान जोनले गोल गर्दै स्कटल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा सब्सिच्युड खेलाडी डाइक्सले गोल गर्दै स्कटल्याण्डको अग्रता २–० को बनाए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा डाइक्सले व्यक्तिगत दोस्रो गोल गर्दै स्कटल्याण्डलाई ३–० को जित दिलाए । जितसँगै लिग बी समूह १ को स्कटल्याण्डले ४ खेलमा ९ अंक जोडेको छ ।

स्कटल्याण्ड शीर्ष स्थानमा रहेको छ । युक्रेन ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.