दुई देशबिचको मैत्रिपुर्ण खेलका लागि आज बंगलादेशी फुटबल टोली नेपाल आउदै

 ग्लोबल टिभि      शुक्रबार, अशोज ७, २०७९      0

असोज ७ –नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली आज शुक्रबार नेपाल आईपुग्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशको टोली शुक्रबार राति नेपाल आउने जनाएको छ ।

बंगलादेशको टोली राति ९ः१५ बजे नेपाल आईपुग्ने तालिका रहेको छ ।

बंगलादेशले बिहीबार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा बंगलादेश १–० ले विजयी भएको थियो ।

नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *