पोल्याण्डमाथि नेदरल्यान्ड्सको सहज जित

 ग्लोबल टिभि           0

असोज ७ –यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सले पोल्याण्डलाई हराएको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति नेदरल्यान्ड्सले पोल्याण्डलाई २–० गोल अन्तरले हराएको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र स्टेभेन बर्गवाइनले एक एक गोल गरे ।

खेलको १३ औं मिनेटमा कोडीले गोल गरेपछि नेदरल्यान्ड्सले सुरुआती अग्रता बनायो ।

त्यसपछि ६० औं मिनेटमा स्टेभेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को जित दिलाए ।

जितसँगै नेदरल्यान्ड्सले अपराजित यात्रा कायम राखेको छ ।

लिग ए समूह ४ को नेदरल्यान्ड्सले ५ खेलमा १३ अंक जोडेको छ ।

नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ ।

पोल्याण्ड ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *