‘घाना’माथि ‘ब्राजिल’को सहज जित

 ग्लोबल टिभि      शनिबार, अशोज ८, २०७९      0

असोज ८ –मैत्रीपूर्ण खेलमा ब्राजिलले घानालाई पराजित गरेको छ ।

शनिबार भएको मैत्रीपूर्णमा ब्राजिलले घानालाई ३–० गोल अन्तरले हराएको हो ।

ब्राजिलको जितमा रिचार्लिसनले दुई गोल गरे । मार्क्विन्होसले एक गोल थपे ।

खेलको नवौं मिनेटमा मार्क्विन्होसको गोलबाट ब्राजिलले सुरुआती अग्रता बनाएको थियो ।

२८ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

त्यसपछि खेलको ३९ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *