ब्राजिलद्धारा स्ट्राइकरमाथि भएको रंगभेदी दुर्व्यवहारको विज्ञप्ति जारी

 ग्लोबल टिभि           0

असोज १२ –स्ट्राइकर रिचार्लिसनमाथि गरिएको रंगभेदी दुर्व्यवहारको ब्राजिलले भर्त्सना गरेको छ । टुनिसियाविरुद्धको खेलमा रिचार्लिसनलाई केरा साथै अन्य वस्तु पनि फालिएको थियो ।

५–१ को जीत निकाल्ने क्रममा ब्राजिलका लागि दोस्रो गोल गरेर टोटनहमका खेलाडीले खुसीयाली मनाउने क्रममा यो घटना भएको थियो । एक विज्ञप्ति निकाल्दै ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफले) रंगभेद विरुद्धको आफ्नो विचार स्पष्ट पारेको छ ।

खेलअघि ब्राजिलले रंगभेद विरुद्धको ब्यानरसमेत बोकेको थियो । सीबीएफका अध्यक्ष एड्नाल्डो रोड्रिग्वेजले मैदानभित्र वा बाहिर यस्तो व्यवहार सैह्य नहुने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *