अफगानिस्तानको राजधानी ‘एजुकेसन सेन्टर’मा बम विस्फोट हुदा १९ जनाको मृत्यु

 ग्लोबल टिभि           0

असोज १४ –अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा बम विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काबुलको पश्चिमी क्षेत्रमा रहेको काज एजुकेसन सेन्टरमा यो विस्फोट भएको हो ।

सेन्टरका कर्मचारीहरूका अनुसार परीक्षा दिइरहेका विद्यार्थीहरू विस्फोटको निशानामा परेका छन् । यो क्षेत्रमा अधिकांश मानिसहरू हजारा समुदायका छन् । हजारा समुदायलाई लक्षित गर्दै यसअघि पनि विस्फोटहरू भएका थिए ।

अहिलेसम्म कुनै पनि संगठनले हमलाको जिम्मेवारी लिएका छैनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *