एकै समूहमा परे इटाली र इंग्ल्यान्ड

 ग्लोबल टिभि      सोमवार, अशोज २४, २०७९      0

असोज २४ –युरोकप २०२४ को छनोट खेलको समूह विभाजन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले आइतबार छनोटको समूह विभाजन सार्वजनिक गरेको हो ।

यूईएफएले छनोटमा सहभागी राष्ट्रलाई १० समूहमा विभाजन गरेको छ । जसमा साविक विजेता इटाली र उपविजेता इंग्ल्यान्ड एकै समूहमा रहेको छ ।

इटाली र इंग्ल्यान्ड समूह सी मा रहेको छ ।

यस समूहमा युक्रेन, नर्थ मासेडोनिया र माल्टा रहेको छ । छनोटका खेलहरु आगामी मार्च २३ बाट सुरु ब२०२३ को नोभेम्बर २१ मा सकिनेछ ।

समूहको शीर्ष टोलीले जर्मनीमा आयोजना हुने युरोकपममा स्थान बनाउने छन् ।

आयोजक जर्मनी सिधै छनोट भईसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *