असोज २४– रुसले युक्रेनको राजधानी किभमा सोमबार बिहानैदेखि थुप्रै हवाई हमला भएका छन् । रुसी मिसाइल हमलामा किभमा बनेको एक पैदल यात्रीका लागि बनेको पुल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । मानिसहरु क्लिट्स्को पुलको प्रयोग साइकल चलाउनका लागि पनि गर्छन् । यसलाई सन् २०१९ मा बनाइएको थियो ।
निपर नदीको किनारामा बनेको यो पुल पर्यटकबीच निकै आकर्षणको केन्द्र हो । यसमा सिसाको प्यानल राखिएको छ र मुनी एउटा व्यस्त सडक मार्ग छ । क्लिट्स्को पुलको लम्बाई २१२ मिटर र उचाई ३२ मिटर छ । यो पुल साधारणतया कलाकार र सङ्गीतकर्मीका कारण व्यस्त रहन्छ ।
पुलमा राखिएको एक सिसिटिभी क्यामराको फुटेजले हमला कुन बेला भएको भन्ने थाहा हुन्छ । उक्त हमलामा कोही घाइते भएका छन् कि छैनन् भन्ने स्पष्ट जानकारी प्राप्त छैन ।
युक्रेनका सेना प्रमुखका अनुसार रुसले बिहानदेखि हालसम्म ७५ वटा मिसाइल दागेको छ जसमध्ये ४१ मिसाइललाई एयर डिफेन्स सिस्टममार्फत् निष्क्रिय गरिएको छ ।
Leave a Reply