ग्लोबल टिभि
0
एजेन्सी । छिमेकी देश भारतको कोलकातामा रहेको एक भवनमा भीषण आगलागी भएको छ । आगलागीमा परि ९ जनाको जलेर मृत्यु भएको छ ।
भवनको १३औँ तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको एएनआइले जनाएको छ ।
मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन् । दुई जनाको पहिचान हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आगलागीको कारण खुल्न सकेको छैन ।
Post Views: 1,218
Leave a Reply