लिड्स युनाईटेडलाई हराउदै आर्सनलले निकाल्यो जित

 ग्लोबल टिभि      सोमवार, अशोज ३१, २०७९      0

असोज ३१ –इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई १–० गोल अन्तरले हराएको हो । आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरे ।

साकाले खेलको ३५ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि खेलको ६४ औं मिनेटमा लिड्सका प्याट्रिक बाम्फोर्डले पेनाल्टीमा गोल गर्न सकेनन । उनले बाहिर प्रहार गरे ।

यस जितसँगै आर्सनलले १० खेलमा २७ अंक जोडेको छ । आर्सनल शीर्ष स्थानमा कायम रहेको छ ।

लिड्स ९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *