एम्बाप्पे भन्छन् ‘मैले क्लब छाड्छु भनेकै छैन’

 ग्लोबल टिभि           0

असोज ३१ –पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियन एम्बाप्पेले आगामी जनवरीमा क्लब छाड्छु भनेर कहिले पनि नभनेको बताएका छन् । २३ वर्षीय फ्रान्सका खेलाडीले गत मे महिनामा क्लबसँग ३ वर्षको नयाँ करार गरेका थिए ।

सन् २०१८ को विश्वकप विजेता एम्बाप्पे यसअघि रियल मड्रिड जाने चर्चा चलेको थियो । आइतबार मार्सेविरुद्ध १–० को जीत निकाल्दा नेयमारका लागि गोलको अवसर सिर्जना गरेपछि उनले भने, ‘म निकै खुसी छु । मैले जनवरीमा क्लब छाड्छु भनेर कहिले पनि भनेको छैन ।’

मंगलबार पीएसजीको च्याम्पियन्स लिगमा बेनफिका विरुद्धको खेल विरुद्ध एम्बाप्पेले क्लब छाड्न चाहेको रिपोर्टहरू सार्वजनिक भएका थिए । ‘मलाई थाहा छैन किन यस्ता रिपोर्ट प्रकाशित भए उनले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *