नेपाली चालकमाथि अमेरिकामा बन्दुकधारीको आक्रमण प्रयास

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक १, २०७९      0

कात्तिक १ –नेपाली सवारी चालकमाथि अमेरिकामा बन्दुकधारी यात्रुले आक्रमणको प्रयास गरेका छन्। उत्तरी क्यालिफोर्नियाको अकल्याण्डमा नेपाली उबर चालक विमल मगरमाथि बन्दुकधारीले आक्रमणको प्रयास गरेको एबिसी नेटवर्कले जनाएको छ।

बन्दुकधारीले उनको पृष्ठभूमि सोधेपछि मगरले आफू नेपालको रहेको बताएका थिए। त्यसपछि आफ्नो टाउकोमा बन्दुक ताकिएको मगरले बताएका छन्। घटना अक्टोबर १ मा भएको हो। प्रहरीले उक्त घटनाबारे सोमबार मात्रै सार्वजनिक गरेको हो।

‘एक यात्रुले बन्दुक ताके अर्कोले मेरो पर्स र कारको चाबी खोसे। मलाई घुँडा टेक्न लगाए र कार लिएर उनीहरू भागे,’ उनले भने।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *