फिफा विश्वकप फुटबलः सेनेगलमाथि नेदरल्याण्ड्सको जित

 ग्लोवल टि.भी.      मङ्लबार, मंसिर ६, २०७९      0

मंसिर ६ –कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह चरणको तेस्रो खेलमा नेदरल्याण्ड्सले सेनेगललाई २–० ले हराएको छ। सोमबार राति भएको खेलमा सेनेगललाई हराउँदै नेदरल्याण्ड्सले विश्वकपको सुखद सुरुवात गरेको हो।

प्रतिस्पर्धात्मक खेलमा अन्तिमको १५ मिनेटमा नेदरल्याण्ड्सले २ गोल गरेको थियो। नेदरल्याण्ड्सका लागि ८४ औँ मिनेटमा कोडी गोक्पोले पहिलो गोल गरेका थिए। निर्धारित ९० मिनेटपछि थपिएको ८ मिनेटको अन्तिम सेकेन्डमा डेविक्लेसनले अर्को गोल गर्दै नेदरल्याण्ड्सलाई २ ० को जित दिलाएका थिए।

यो सँगै ग्रुप ए को अंक तालिकामा नेदरल्याण्ड्स पहिलो स्थानमा उक्लिएको छ। यसअघि आइतबार राति भएको खेलमा आयोजक कतार इक्वेडरसँग २० ले नै हारेको थियो। इक्वेडर यतिवेला दोस्रो स्थानमा छ भने पहिलो खेल हारेका सेनेगल र कतार क्रमशः तेस्रो र चौँथो स्थानमा छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *