साउदीद्धारा अर्जेन्टिनामाथि लगातार दुई गोल

 ग्लोवल टि.भी.      मङ्लबार, मंसिर ६, २०७९      0

मंसिर ६ –फिफा विश्वकप फुटबलमा अहिले उपाधि दाबेदार अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गरिरहेको छ । लुसाइल स्टेडियममा जारी खेलको दोस्रो हाफमा अर्जेन्टिनाविरुद्ध साउदीले लगातार दुई गोल गरेको छ ।

कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो।

तर, खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले गोल गर्दै साउदीलाई २–१ को अग्रता दिलाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *