स्विट्जरल्यान्डको सुखद सुरुआत

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर ८, २०७९      0

मंसिर ८– स्विट्जरल्यान्डले बिहीबारक्यामरुनमाथि १० को जितसहित कतार विश्वकप २०२२ मा सुखद सुरुआत गरेको छ ।

समूह जी को खेलमा स्विट्जरल्यान्डको जितमा ४८औं मिनेटमा ब्रिल इम्बोलोले गरेको गोल पर्याप्त बन्यो

यसअघि पहिलो हाफमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए ।

पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेका थिएनन् ।

समूह जी मा क्यामरुन, स्विट्जरल्यान्ड, ब्राजिल र सर्बिया रहेका छन् ।

समूह जी अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्नेछ ।

समूह एच मा भने आज उरुग्वे र दक्षिण कोरिया तथा पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ ।

आजबाट समूह चरणको पहिलो राउन्डका खेलहरु समापन हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *