फिफा विश्वकपः कोस्टारिकासँग हार्यो जापान

 ग्लोबल टिभि      आइतवार, मंसिर ११, २०७९      0

मंसिर ११ –कोस्टारिकाले कतारमा जारी फिफा विश्वकप फुटबलमा जापानलाई हराएको छ । अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले हराएको हो ।

कोस्टारिकाको जितमा केयशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् । कोस्टारिकाको यो पहिलो जित हो । जितसँगै कोस्टारिकाले नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

पहिलो खेलमा कोस्टारिका स्पेनसँग पराजित भएको थियो । कोस्टारिका २ खेलमा ३ अंक जोडेर समूह ई को तेस्रो स्थानमा रहेको छ ।

जापानको यो पहिलो हार हो । जापानले पहिलो खेलमा जर्मनीलाई हराएको थियो । जापान २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *