विनोद –कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत स्पेन र जर्मनी वीच हेभिवेट भिडन्त हुने भएको छ । नेपाली समय अनुसार खेल आजराति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । समुह चरण अन्र्तगत यी दुवै टीमले एकएक खेल खेलीसकेका छन् । जसमा स्पेनले कोस्टारिकालाई ७–० गोल अन्तरले पराजित गर्दै आफ्नो नाममा ३ अंक जोडेको छ भने जर्मनीले जापानसंग २–१ गोलको हार व्यहोर्दे अंक विहिन बनेको छ । यी दुई टीम विचको खेल हेर्न फुटबल समर्थक आतुर रहेका छन् ।
कतारमा जारी २२ औँ सस्करणको विश्वकप फुटबलको रौनकले यतिबेला विश्वभरका फुटबल समर्थकको ध्यान खिचेको छ । ३२ राष्ट्र सहभागि प्रतियोगितामा विभिन्न ८ समुहमा रहेर समुहचरणका खेल भइरहेका छन् । जसअन्र्तगतमा आज स्पेन र जर्मनी विचको महाभिडन्त फुटबल समर्थकका लागि प्रतिष्ठित बनेको छ । नेपाली समयअनुसार राति पौने १ बजे हुने खेलले फेरी एकपटक विश्वभरका समर्थकको ध्यान खिच्नेछ । युरोपका यी दुई ठुला राष्ट्रले समुह ई मा रहेर प्रतिष्पर्धा गर्दैछन् । समुहचरण अन्र्तगर्तको पहिलो खेलमा स्पेनले कोष्टारिकालाई ७–० को फराकिलो गोल अन्तरले हराएर उच्च मनोवलका साथ मैदानमा उत्रिनेछ ।
त्यस्तै समुह चरणको पहिलो खेलमा एसियाली पावर हाउस जापानसगं २–१ गोल अन्तरले पराजित भएको जर्मनी जित्नै पर्ने दवापका साथ मैदानमा उत्रिनेछ । स्पेन जर्मनीलाई हराएर अन्तिम १६ मा प्रवेश गर्ने रणनीतिमा हुनेछ भने जर्मनी स्पेनलाई रोकेर अन्तिम १६ प्रवेशको सम्भावना बलियो बनाउने रणनीतिमा हुनेछ । जसका आधारमा जर्मनी खेलमा गर या मरको स्थितिमा हुनेछ । युरोपका यी दुई ठुला राष्टको हेड टु हेडलाई आधार मान्ने हो भने जर्मनी अगाडी छ । अहिलेसम्म यी दुई टिम २५ पटक आमनेसामने भएका छन् । जसमा जर्मनीले ९ खेलमा जित हात पारेको छ भने स्पेनले ८ खेलमा जित हात पारेको छ ।
त्यस्तै ८ खेलमा बराबरी भएको छ । २५ पटक भिडेका यी दुई टिमले एकअर्का विरुद्ध दर्जनौँ गोल गरेका छन् । जसमा स्पेनले २९ गोल गरेको छ भने जर्मनीले २८ गोल गरेको छ । यी दुई टिम वीच यसअघि भएको अन्तिम भेटमा स्पेनले जर्मनीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । कतार विश्वकपको समुह चरणमा केहि ठुला राष्ट्रले समेत सुरुवाती खेलमा पराजय भोगेका छन् । अहिले समुहचरण अन्र्तगत दोस्रोचरणका खेल चलिरहेका छन् ।
जस अन्र्तगत समुहचरणमा दुईटै खेला हारेको आयोजक राष्ट्र कतार विश्वकपबाट बाहिरिएको छ भने दुई खेलमा दुवै खेल जितेको फान्स अन्तिम १६ मा प्रवेश गर्ने पहिलो राष्ट्र बनेको छ ।
Leave a Reply