अमेरिकी रक्षामन्त्री अस्टिन अफगानिस्तानमा

 ग्लोबल टिभि           0

काबुल, एजेन्सी । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अनौपचारिक रूपमा दक्षिण एसियाली मुलुकअफगानिस्तानको भ्रमण सुरु गरेका छन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फर्किने मिति नजिकिँदै गर्दा भएको यस भ्रमणलाई विश्व समुदायले अर्थपूर्ण रूपमा हेरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकाले गत वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षको मे १ मा सम्पूर्ण अमेरिकी सेनालाई फिर्ता गर्ने उल्लेख भएको थियो ।

यसको तयारीस्वरूप रक्षामन्त्रीले अफगानिस्तानमा उच्च पदस्थ अधिकारीलगायत व्यक्तिहरूलाई भेटेको पेन्टागन श्रोतलाई उद्धत गर्दै विभिन्न सञ्चार माध्यमहरुले महत्वका साथ समाचार प्रकाशन प्रशारण गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले यस पहिलेको सरकारले तय गरेको सेना फिर्ता गर्ने मिति मे १ मा नै सबै अमेरिकी सैनिक फिर्ता गर्न कठीन हुने बताइरहेका समय एशिया भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्रीले अफगानी राष्ट्रपतिसँग भेट गरी वार्ता गरेको बताइएको छ ।

अमेरिकी रक्षा अधिकारीहरूले रक्षामन्त्री अफगानिस्तानबाट फिर्ता नहुँदासम्म समाचारलाई सार्वजनिक नगर्न अफगानी अधिकारीहरूलाई आग्रह गरे अनुसार भ्रमणको समाचार कभरेज ढिलो गरी भएको एक अफगानी अधिकारीले बताए ।

रक्षामन्त्री अस्टिनले यस पहिले यसै साता जापान, भारतलगायतका एशियाली मुलुकहरूको भ्रमण गरिसकेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *