मंसिर ११ –विश्वकपको उपाधि दावेदार बेल्जियमलाई मोरोक्कोको धक्का लागेको छ । समूह ‘एफ’अन्तर्गत आइतबार साँझ भएको खेलमा बेल्जियम मोरोक्कोसँग २–० गोलले पराजित भयो ।
अल थुमामा स्टेडिमयमा मोरोक्कोलाई जिताउन अब्देलहामिद साविरी र जाकारिया अबौंखललले गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । साविरीले ७३औं मिनेटमा गोल मोरोक्कोको उत्साह जगाए ।
त्यसपछि जाकारियाले इन्जुरी समयमा हाकिम जियाचको पासमा गोल गर्दै मोरोक्कोलाई जिताए । यता ६६ प्रतिशत बल पोसेसन राखेपनि बेल्जियमले मोरोक्कोको रक्षापंक्ति तोड्न नसक्दा हार खेप्यो ।
एक अंक बनाएको क्रोएसिया तेस्रो स्थानमा छ । अंकविहिन क्यानडा अन्तिममा छ । आजै (आइतबार) राति ९ः४५ बजे क्रोएसिया र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ ।
जितसँगै दुई खेलबाट चार अंक बनाएको मोरोक्को समूहको शीर्षस्थानमा छ । पहिलो हार खेपेको बेल्जियम तीन अंकसहित दोस्रो स्थानमा छ ।
Leave a Reply