ग्लोबल टिभि
सोमवार, मंसिर १२, २०७९
0
मंसिर १२ –आइतबार राति कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा एन्टोनी रुडिगरले जर्मनीका लागि गोल गरेका थिए । तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन ।
खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८३ औं मिनेटमा निकलस फूलक्रुगले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरी ल्याए ।
यस बराबरीसँगै समूह ई बाट दुबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । जर्मनी २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ । स्पेनले २ खेलमा ४ अंक जोडेको छ । स्पेन शीर्ष स्थानमा रहेको छ ।
Post Views: 712
Leave a Reply