सामाजिक सञ्जालमा पुन फर्किदै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

 ग्लोबल टिभि           0

संवेग बस्नेत, एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प छिट्टै सामाजिक सञ्जालमा फर्किने भएका छन् ।
पूर्वराष्ट्रपति ट्रम्प आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म मार्फत सामाजिक सञ्जालमा पुन सक्रिय हुन लागेको उनका सल्लाहकार जोसन मिलरले जानकारी दिएका छन् ।
“मलाई लाग्छ कि हामीले राष्ट्रपति ट्रम्प लगभग दुई वा महिना भित्रै सामाजिक सञ्जालमा फर्किरहेको देख्ने छौं ।” सल्लाहकार मिलरले फक्स न्यूजसंग भनेका छन् ।
गत जनवरीमा वाशिंटन डीसी स्थित अमेरिकी क्यापिटलमा भएको हिंसात्मक दंगापछि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले ट्रम्पको खाता निलम्बन गरेका थिए ।
निर्वाचनमा ट्रम्प पराजित भएपछि उनका समर्थकहरुले गरेको आक्रमणमा एक जना प्रहरी अधिकारी लगायतका ज्यान गएको थियो भने सो घटनापछि विश्वकै अग्रणी प्रजातान्त्रिक देशमा प्रजातन्त्रको जग हल्लिएको भन्दै विरोध भएको थियो ।
सो घटनाका धेरै दिन पछि ट्वीटरले ट्रम्पले हिंसालाई उस्काउन सक्ने जोखिम रहेको भन्दै उनको ट्वीटर खाता निलम्बन गरिदिएको थियो ।


१० वर्ष देखि ट्वीटर चलाउँदै आएका ट्रम्पले सञ्चार माध्यमहरुलाई बाइपास गरि मतदातालाई प्रभावित पार्न र सिधा कुरा गर्न ट्वीटरको प्रयोग गरे ।
पूर्वराष्ट्रपति ट्रम्पलाई सामाजिक सञ्जालमा करिब नौ करोड ले फलो गर्दै आएका थिए ।
सामाजिक सञ्जालमा फर्किन लागेका ट्रम्पले सामाजिक सञ्जालको कुन प्लेटफर्म प्रयोग गर्ने छन् त्यो भने खुलाइएको छैन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *