बिद्यार्थीको प्रदर्शनबाट धनगढी तनावग्रस्त, प्रहरीले गर्यो ८ राउन्ड हवाईफायर

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर १६, २०७९      0

मंसिर १६ –धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ।
जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा जारी गरेपनि बिद्यार्थीहरूले तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ८ राउन्ड हवाई फायर समेत गरेको छ।

ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भइरहेका छन्। बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।घटनाले बृहत रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागी केही विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ भने कही घाइते भएका छन् । विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन्। अहिले जिप्रका कार्यालयमा छलफल जारी छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *