बसमा बम विस्फोट हुँदा अफगानिस्तानमा ७ जनाको मृत्यु

 ग्लोबल टिभि      बुधबार, मंसिर २१, २०७९      0

मंसिर २१ –बसमा चढेर काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरको सडक किनारमा भएको बम विस्फोटमा मृत्यु भएको छ ।

गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ दर्जनौं बम विस्फोट र आक्रमणहरू भएका छन् । तीमध्ये धेरै आक्रमण इस्लामिक स्टेट समूहको स्थानीय शाखाले दावी गरेको छ ।

सुन्दर निलो मस्जिदका लागि प्रसिद्ध प्राचीन सहर मजार ए शरिफमा सो हमला भएको थियो । मैले मेरो फोनको स्क्रिनमा कुरान पढिरहेको थिएँ र त्यहाँ बम आयोु, दुर्घटनामा बाँचेका अजिम नाम गरेका एक व्यक्तिले भने । उनको दाहिने खुट्टा छर्राले चोट लागेको थियो । दुर्घटनाको समयमा बसमा ५२ जना मानिस थिए ।

आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन् । ‘बम सडकको छेउमा एउटा गाडीमा राखिएको थियो। बस आइपुग्दा विस्फोट गराइएको थियो’, उनले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *