ग्लोबल टिभि
0
एजेन्सी । छिमेकी मुलुक भारतले कोरोना भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाएको छ ।
आफ्नै मुलुकमा संक्रमण बढ्न थालेपछि भारतले अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार भारतमै कोरोना संक्रमित संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाइएको हो ।
भारतमा कोरोनाको नयाँ लहर शुरू भएसँगै पछिल्ला केही दिन यता औषत ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि हुन थालेको छ ।
भारतले निर्यात रोक्दा कोभ्याक्स योजनाअन्तर्गत खोप प्राप्त गर्ने १९० देशलाई असर पर्नेछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेतृत्वमा कोभ्याक्सअन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्य छ।
Post Views: 1,677
Leave a Reply