ग्लोबल टिभि
बिहिबार, चैत्र १२, २०७७
0
एजेन्सी । उत्तर कोरियाले सी अफ जापानमा दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।
केही दिन अघिमात्र छोटो दूरीको मिसाइल प्रहार गरेको उत्तर कोरियाले बिहीवार दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।
अमेरिक इन्टेलिजेन्स एसेस्मेन्टका उच्च अधिकारीहरुले यसबारे पुष्टि गरेको सीएनएनले जनाएको छ।
जो बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि उत्तर कोरियाले पहिलोपटक मिसाइल प्रक्षेपण गरेको हो ।
यस घटनाले बाइडेन प्रशासनका लागि चुनौती पनि थपिदिएको बताइएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रावधान अनुसार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न पाउँदैन ।
सी अफ जापान क्षेत्रमा प्रहार गरेको भनिए पनि जापानी पक्षले मिसाइलको अंश आफ्नो जल क्षेत्रमा नखसेको जनाएको छ ।
Post Views: 1,236
Leave a Reply