मंसिर २४ –भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे मनहरा पुल नजिकै स्कुटीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा परी चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ को सन्तबहादुर श्रेष्ठको मृत्यु भएको हो।
दुर्घटना बिहीबार दिउँसो दुई बजेतिर भएको थियो। दुर्घटनापछि उपचारका लागि अस्पताल लगिएको सन्तबहादुरको अहिले मृत्य भएको हो। दुर्घटनापछि उपचारका लागि सन्तबहादुरलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो। त्यहाबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्प्ताल रिफर गरिएको थियो। उनको नर्भिक अस्पतालमा मृत्यु भएको हो।
भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न स्कुटी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं ७ घर भई हाल काडमाडौं बौद्ध वस्ने वर्ष २२ को पाल्दने लामालाई नियन्त्रणमा लिएको छ।
Leave a Reply